जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार ०७:४०

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीमा के गर्लान प्रचण्ड-माघव ?


काठमाडौं, फागुन ६ । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि आज बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।

कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दौडधुप बढेको हो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।