काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गर्नुभएको छ ।
नेपालको संविधानको धारा २७६ बमोजिम उहाँले ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गर्नुभएको हो । यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्