जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार १८:४९

रञ्जु दर्शनाले खोजिन जोडी, आज भयो इन्गेजमेन्ट


काठमाडौं, फागुन ६ । बिवेकसिल साझा पार्टी छाडेर स्वतन्त्र रहनुभएकी युवा नेतृ रञ्जु दर्शनाले बिवाह गर्ने घोषणा गर्नुभएको छ । रञ्जु किस्सु कुँइकेलसँग बिवाह बन्धनमा बाँधिन लाग्नुभएको हो । कुँइकेल र दर्शनाले आज इन्गेजेमेन्ट गरेको तस्विर सार्वजनिक भएको हो । यो तस्विर रञ्जुले सार्वजनिक गर्नुभएको छ भने कुँइकेलले शेयर गर्दै इनगेजमेन्ट भएको जानकारी दिनुभएको छ ।
रञ्जु गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार बनेर निकै मत ल्याएपछि चर्चामा हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ कुनै पनि पार्टीमा लाग्नभएको छैन ।