जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १२:५८

आइसीसी टी–२० विश्वकप : लगातार जितको दाउमा नेपाल


काठमाडौं, ७ फागुन । आइसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा आज फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइलनमा पुग्ने लक्ष्यमा हुनेछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो । आज जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ । प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।