जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १४:२९

नेपाललाई तेस्रो सफलता


काठमाडौं, ७ फागुन । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध नेपाललाई तेस्रोे सफलता हात परेको छ । अल अमेरात क्रिकेट मैदानमा नेपालले फिलिपिन्सको तेस्रो विकेट लिएको हो । नेपालका कप्तान सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाए ।

सन्दीपले आफ्नो दोस्रो ओभरमा २० रन जोडेका ड्यानियल जोनाथन र १ रन जोडेका हेनरी टेलरको विकेट लिए । नेपालले जितका लागि फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ । यस अघि पहिलो विकेट जितेन्द्र मुखियाले लिएका थिए ।