काठमाडौं, ८ फागुन । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भागमा आंशिक बदली लागेको छ, साथै तराईका भागमा हुस्सु र कुहिरो लागेको छ ।बाँकी भागमा मौसम सामान्यतया सफा रहेने महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।
देशको पहाडी भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न सबैलाई आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्