जनता टाइम्स

२० असार २०७६, शुक्रबार १९:२४

गोरखाबाट हटाइए मापसे गरी डिआइजीलाई आमाचकारी गाली गर्ने एसपी रावल


काठमाडौं, असार २०

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कार्यालय समयमै मापसे गरी डिआइजीलाई थर्काउने जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी उपरीक्षक (एसपी) भोला रावलसहित ६ जना एसपीको काज सरुवा गर्नुभएको छ । महानिरीक्षक खनालले आज काज सरुवाको निर्णय लिनुभएको हो ।

आइजीपी खनालले कार्यालय समयमै मादक पदार्थ सेवन गरेर चर्चामा आएका गोरखाका एसपी रावललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा गर्नुभएको छ भने गोरखामा ओम अधिकारीलाई खटाइएको छ । तीन दिनदेखि सम्पर्कबिहीन भएपछि खोजी गर्दा एसपी रावल मापसेमा फेला परेका थिए । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद शर्मा घिमिरेले फोन गर्दा रिसिभ नगरेका रावलले कलब्याक गरेर उल्टै आमा चकारेर गाली गरेका थिए।

सो फोनलगत्तै प्रदेशबाट एसएसपी हरीराज वाग्लेको टोली जिप्रका गोर्खाको निवासमै डाक्टर लिएर गएर मेडिकल चेकजाँच गरेर पोखरा फर्केको थियो । सोही कसुरमा उनलाई गोर्खाबाट हटाइएको हो ।

यस्तै महोत्तरीमा श्यामकृष्ण अधिकारी, बाग्लुङमा नवराज भट्ट, महानगरीय अपराध महाशाखामा ईश्वर कार्की र मानव अधिकार छानबिन इकाईमा कृष्णहरि शर्मालाई काज सरुवा गरिएको छ ।