जनता टाइम्स

९ फाल्गुन २०७८, सोमबार २०:०३

राष्ट्रपतिबाट नेपाली क्रिकेट टोलीलाई बधाई, राख्नुभयो यस्तो अपेक्षा


काठमाडौं, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको छ ।

समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेकेपछि राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालबाट बधाई दिनुभएको हो । उहाँले नेपाली टोलीलाई नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफलताको कामना व्यक्त गर्नुभएको हो ।

ुओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई १ नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚अग्रिम शुभकामना १ु राष्ट्रपति भण्डारीले शुभकामनामा भन्नुभएको छ ।