काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
अष्ट्रेलियामा यसै वर्ष हुने आईसीसी टी–ट्वान्टी विश्वकपमा स्थान बनाउने नेपालले आजको खेल जित्नै पर्ने छ । नेपालले समूह चरणका तीनवटै खेल जितेर अन्तिम चारणमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्