न्युयोर्क, ११ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताउनुभएको छ । रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उहाँले युक्रेनलाई आश्वासन दिनुभएको हो । त्यस्तै, पूर्वी युरोपमा नेटो गठबन्धनलाई मजबुत बनाउन अमेरिकी सेना परिचालन गर्ने उहाँले बताउनुभयो ।
‘हाम्रो व्यालेस्टिक गठबन्धनअन्तर्गत रहेका देशहरु– इस्टोनिया, लातिभिया, लिथुनियालाई मजबुत पार्न यसअघि युरोपमा रहेका अमेरिकी फौजलाई थप परिचालन र हयियारका लागि अधिकार दिएको छु’, राष्ट्रपति कार्यलय ह्वाइटहाउसबाट एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले भन्नुभयो । ‘मलाई स्पष्ट हुन दिनुहोस्, यी हाम्रो तर्फबाट पूर्णतया रक्षात्मक कदम हुन,’ उहाँले थप्नुभयो ।













प्रतिक्रिया दिनुहोस्