जनता टाइम्स

११ फाल्गुन २०७८, बुधबार २१:२४

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार


सङ्खुवासभा, फागुन ११ । सङ्खुवासभामा रक्तश्राव भएपछि आज बुधवार एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

२४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाकी १७ वर्षीया पेमा ल्हामु च्यावाको उद्धार गरेर काठमाडौं पठाइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो ।

गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर उपचारका लागि काठमाण्डौ पठाएको उहाँले बताउनुभयो ।