जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार ०७:४१

एमसीसी सम्झौताबारे अमेरिकालाई चीनको प्रश्न– भाखा राखेर पनि कोसेली दिइन्छ


काठमाडौँ, १२ फागुन । चीनले अमेरिकी एमसीसी सम्झौतालाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा दिएको छ ।चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले ट्वीट गर्दै अमेरिकालाई प्रश्न गर्नुभएको छ , ‘भाखा राखेर पनि कोसेली दिइन्छ ?’उहाँले एमसीसी स्वीकार गर्न अमेरिकाले नेपाललाई समयसीमा दिएकोप्रति व्यंग्य गर्नुभएको हो ।प्रवक्ता छुनयिङले एमसीसी सहयोगलाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा पनि दिनुभएको छ ।

ट्वीटरमा लेखिएको छ, ‘अमेरिकाले एमसीसीअन्तर्गत ५० करोड अमेरिकी डलर पूर्वाधार कार्यक्रम भन्दै अमेरिकी जनताको उपहारका रूपमा वर्णन गरेर नेपाललाई अनुमोदनको निम्ति अल्टिमेटम दिएको छ । भाखा राखेर पनि कोसेली दिइन्छ ? यो ज्यादतीपूर्ण कूटनीति हो ।’