काठमाडौं, फागुन । पूर्व राजदूत निलाम्बर आचार्यले नेकपा एमालेका अध्यक्ष केपी ओली अग्लो सोच भएको नेता भएको बताउनु भएको छ । बुधवारअध्यक्ष ओलीमाथि लेखिको पुस्तक लोकारोपर्ण समारोहमा सो पुस्तकमाथि समीक्षा गर्दै आचार्यले केपी ओली जस्तो नेता नेपालमा नजन्मेको बताउनुभयो ।
केपी ओलीबारे थुप्रै किताब लेखिनुपर्ने उहाँले बताउनुभयो । ‘ओलीबारे थुप्रै किताब लेखिनेछ, यस्तो मानिस जसले देशको अनुहार मात्र होइन देशकै नक्सा फेरिदियो,इतिहासमा कसैले गर्न नसकेको काम गर्यो,जसले नेपालको उचाइलाई अझ माथि थप्यो,त्यसैले ओलीमाथि थुप्रै पुस्तक लेखिनुपर्छ,इतिहास लेखिनुपर्छ’– उहाँको भनाइ छ ।देश र जनताका लागि केपी ओली सधैं चाहिइरहने नेता भएको भन्दै आचार्यले ओलीलाई फेरि प्रधानमन्त्री बन्नका लागि शुभकामना समेत दिनुभयो ।
अन्य तन्त्र चलाउनेहरुले लोकतन्त्रका हिमायती ओलीलाई सरकारबाट हटाएका आचार्यको भनाइ छ । ‘आज पूर्व प्रधानमन्त्रीका रुपमा होइन प्रधानमन्त्रीकै रुपमा मनाउनुपर्ने होइन र ? उहाँ ५ वर्षका लागि प्रधानमन्त्री नियुक्त भएको नेता हो, जनता र लोकतन्त्रमाथि विश्वास गर्ने मानिस हो,लोकतन्त्रमा लोकतन्त्र चल्छ तर यहाँ अरु तन्त्र चलाउनेले सरकारबाट हटाएर भोलि फेरि प्रधानमन्त्री बन्नुहुनेछ’–उहाँले भन्नुभयो ।जुनसुकै समस्यालाई पनि आत्मबल र इच्छाशक्तिले हराइदिने क्षमता अध्यक्ष ओलीमा रहेको आचार्यले बताउनुभयो ।
नेपालको छोरो जन्माएको भन्दै उहाँले केपी ओलीका वुवा मोहनप्रसाद ओलीलाई बधाई दिनुभयो ।केपी ओली अग्लो सोच भएको मानिस भएको भन्दै आचार्यले नेपालको उचाइलाई थपेको मानिस भएको बताउनुभयो । ओलीले देशको प्रतिष्ठालाई माथि उठाउने काम गर्नुभएको आचार्यले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्