काठमाडौं, फागुन १२ । कानून भन्दा माथि रहेर आतंक मच्चाउनु भएका र आमाचकारीका पण्डित उपमा पाउनु भएको पर्यटनमन्त्री प्रेम आलेको मन्त्रालय मातहत गज्जवको घटना बाहिर आएको छ ।
संबिधान र कानूनबाहेक सवै मान्ने अनि गोजीका पत्रकार लिएर भिडियो खिच्दै कमिशन असुल्ने मन्त्री आलेको मातहतमा रहेको नेपाल वायु सेवा निगमको जाहाजमा पासपोर्ट र टिकटबिनै एक युवक चढेर मन्त्रीको नयाँ किर्तिमानी काम देखाइ दिएका छन । आले माधवको बिश्वासपात्र मात्रै होइन, उहाँकै निर्देशकसमेत हुनुहुन्छ । महिलालाई आमाचकारी गर्दासमेत माधवले आलेकै पक्षमा उभिएर ठीक काम गरेको भन्दै बैठकको एजेण्डा नै खारेज गर्नुभएको थियो । माधव आजै मन्त्री आलेसँग सुदुरपश्चिमको सयरमा जानुभएको छ ।
निगमको फागुन ९ गते काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको ए ३३० ९ एन जहाजमा अनधिकृत व्यक्ति फेला परेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको निगमकी प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्नका लागि निगमका नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबार भित्र प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
रौतहटका १८ वर्षीय हस्पम आलम पासपोर्ट र टिकट बिनै कतार जाने जहाज चढनु भएको थियो । फागुन ९ गते हस्पम विमानस्थलको सुरक्षा घेरा तोडेर सहजै हवाई मार्गमा पुगेर विमान चढनु भएको हो । पासपोर्ट समेत नभएको व्यक्ति एकाएक विमानमा पुगेपछि विमानस्थलको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्