काठमाडौं, १३ फागुन । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दिको हिटलरको संज्ञा दिनुभएको छ । पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि आज एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।
‘एकाइसौं सताब्दीको हिटलर पुटिन । हिटलर भन्दा पनि क्रुर । संसारभरीका सबैले यसको घोर विरोध, भत्र्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा. केसीले भनेका छन् ।
आफू प्युठान जानेक्रममा गुल्मीरहेको जनाउँदै उहाँले आक्रमणको समाचारले आहात भएको बताउनुभएको छ । ‘रुसले यूक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न समाचार माध्यमवाट अवगत भयो । एकाइसौं सताब्दीमा यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिदैन,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्