काठमाडौं, फागुन १४ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन अघि बढाउने कि नबढाउने भन्ने बिषयमा कांग्रेस गम्भीर देखिएको बताउनु भएको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले सत्ता साझेदार दलबाट धोखाधढी भएको भन्दै गठबन्धनकै बिषयलाई लिएर निरास बनेको अवस्था सुनाउनुभएको हो ।
कांग्रेस र एमाले शीर्ष नेतृच्त्वबीच शुक्रवार साँझ लामो छलफल भएको छ । छलफलमा कांग्रैसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको ज्ञवालीले बताउनु भयो ।
शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलमा कांग्रेसले सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भूमिकालाई लिएर आक्रोशित बनेको बताएको थियो ।
बार्ताबारे प्रतिक्रियाँ दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताउनु भयो । एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको उहाँको भनाइ छ ।
लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको ज्ञवालीले बताउनु भयो । गठबन्धनमा समस्या देखिएको भन्दै उहाँले त्यसमा कांग्रेस गम्भीर देखिएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्