जनता टाइम्स

२१ असार २०७६, शनिबार १७:०१

भक्तपुर केन्द्र बनाएर गयो ४.६ रिक्टरस्केलको भूकम्प : सानो भएपनि ठुलो धक्का महसुस


भक्तपुर, असार २१

भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्भदु बनाई भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर १५ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको जानकारी दिनुभयो । उहाँले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताउनुभयो ।

शनिबारको भूकम्प २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ। यसअघि पछिल्लो पटक असार १२ गते धादिङ केन्द्र भएर ४ रिक्टरस्केलको परकम्प गएको थियो।