काठमाडौं, १५ फागुन । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभा यात्रा सम्पन्न भएको छ । आज विहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा यात्रा शुरु भएको थियो । यात्रामा विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।

करिव १ हजार भन्दा वढि ब्यक्तित्वको सहभागी रहेको उक्त शोभा यात्रा पशुपतिनाथको मुल गेटबाट शुरु भई तिलगंगा–गौशाला चोक–जय वागेश्वरी–मित्रपार्क–सिफल–चावहिल–चन्द्र विनायक गणेशस्थान परिक्रमा गरी चावहिल चोक गौरीघाट, उमाकुण्ड हुदैं भुवनेश्वरी मन्दिर चोक अघाडि समापन भएको थियो ।

शोभा यात्राको नेतृत्व गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलन कुमार थापाले यात्राले महाशिवरात्री पर्वको आगमनको रौनक बढेको बताउनुभयो । यस वर्षको शिवरात्री पर्वमा कोषले बत्ती तथा फूलहरुले सजाउने र व्यवस्थापनका लागि गठित विभिन्न उपसमितिहरुको सक्रियतामा तयारी अन्तिम चरणमा पुगेको उहाँले सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्