जनता टाइम्स

२१ असार २०७६, शनिबार १९:३९

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी


काठमाडौं, असार २१

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी हुनु भएको छ । उहाको समुह अधिकाशं पदमा समेत विजयी भएको छ ।

आज भएको मतदानमा विजयी हुनु भएका कँडेलले ४ हजार १४८ मत ल्याउनु भयो भने अध्यक्षका प्रत्यासी दिनेश पोखेरेलले ३ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको थियो । महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेलले विजयी हुनु भएको छ । त्यस्तै युवा संयोजकमा इर्शाद अहमद र नारी निकुञ्जमा सन्ध्या शाह चयन हुनु भएको छ ।

त्यस्तै गरेर भिक्टोरीयाबाट एनआरएनएमा बिजय उमेदवारहरु भिक्टोरिया कोअडीनेटरमा प्रेम प्रसाद कन्डेलसे बिजय हाँसील गर्नु भएको छ भने डेपुटी कोअडीनेटरमा मनीरतन सापकोटा, एनसिसि मेम्बरमा हरि खड्का, शिशिर चन्द्र बस्ताकोटी, हेम दुलाल बिजय भएका छन् भने स्टेट सेक्रेटरीमा नारायण कट्टुवाल, स्टेट जोईन्ट सेक्रेटरीमा नरेश रावल, एससिसि भिक्टोरीया ट्रेजररमा हरि पण्डीत , एससिसि मेम्बरमा माधुरी मास्के, गणेश भण्डारी, प्रेमलाल सापकोटा, तिलक सापकोटा, रस्मी रेग्मी, गणेस कण्डेल, विस्व गौडेल, महेन्द्र साली घिमीरेमे जित हाँसील गर्नुभएको छ । त्यस्तै गरेर एसएनएन महिला कोअडीनेटरमा काजल किरण सिङ भण्डारी र महिला डेपुटी कोअडिनेटरमा राधिका बोगटीको बिजयी भएका छन्।एसएनएन महिला सदस्यमा अनुस्का काफ्ले, चन्द्रकला कन्डेल भुषाल, मेरीना गुरुङ, निशा गुरुङ, राधा अर्याल खरेलले जित निकाल्नु भएको छ ।

स्टेट युथ फोरममा बवीन मिश्र, युथ डेपुटी कोअडीनेटरमा असिम सुबेदी, स्टेट सदस्यमा सबिना शिलवाल, सन्दिप सापकोटा, अनीष लामिछाने, आनन्द केसी, मेघ गुरुङ बिजय हुनु भयो । नर्दन टेरिटोरी संयोजकमा वासुदेव दुलाल र उप संयोजकमा अशोक बस्नेत विजयी हुनुभएको छ । त्यस्तै वेष्टर्न अष्ट्रेलियाको संयोजकमा कृष्णमान श्रेष्ठ र उपसंयोजकमा माधव ढुंगानाले विजयी हुदा साउथ अष्ट्रेलिया संयोजकमा नविन पन्त र उपसंयोजकमा सन्तोषी गौतम विजयी बन्नुभयो ।

कुइन्सल्याण्डको नेतृत्वमा उमेश खड्का, त्यस्तै उपसंयोजकमा अमित खत्रीले विजयी हुनु भयो । भिक्टोरिया संयोजकमा प्रेम कंडेल र उपसंयोजकमा मणिरतन सापकोटा विजयी हुनु भयो । त्यस्तै न्यु साउथ वेल्स संयोजकमा देव गुरुङ बिजय बन्नु भएको छ । त्यस्तै आइसिसी सदस्यमा राजु अधिकारी, छवी प्रसाद सापकोटा र दिपक शर्माले बाजी मार्दा अरुणकुमार ठाकुर, नारायण काफ्ले, अशोक केसी र सन्तोष कुंवरले पनि आइसिसी सदस्यमा विजयी बन्नुभयो ।

पुरा मतपरिणाम हेर्न यहा क्लिक गर्नुहोला