जनता टाइम्स

२२ असार २०७६, आईतवार ०८:२५

विश्वकप क्रिकेट सेमिफाइनल : भारत र न्युजिल्याण्ड तथा अष्ट्रेलिया र ईङल्याण्ड भिड्ने


काठमाडौं, असार २२

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ । समुहचरणका खेलहरुको समाप्ती पछि मात्र विश्वकपको सेमिफाइनल समिकरणले पुर्णता पाएको हो ।

गएरातीको जितसंँगै भारत शीर्ष स्थामा रहेर सेमिफाइनल प्रबेश गर्न सफल भयो । उसले चौथो स्थानमा रहेको न्युजिल्याण्डसँंग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले आयोजक ईङल्याण्डको सामना गर्नेछ । समुह चरणका अन्तिम खेलमा भारतले श्रीलंकालाई तथा साउथ अफ्रिकाले अष्ट्रेलियालाई पराजित गरेसंँगै सेमिफाईनल समिकरण पुरा भएको हो ।

श्रीलंकाले दिएको २ सय ६४ रनको चुनौती ईण्डियाले ३९ बल अगावै मात्र ३ विकेट गुमाएर भेट्टायो । रोहित शर्मा र लोकेश राहुलले शतक बनाएपछि भारतले सहज रुपमा लक्ष्य पुरा गरेको हो । शर्माले १ सय ३ तथा राहुलले १ सय १३ रन बनाए । शर्माको यो जारी विश्वकपमा पाँचौ शतक हो । कप्तान बिराट कोहलीले अबिजित ३४ रनको योगदान गरे । श्रीलंकाका लासिथ मालिंगा, ईश्रु उडाना र कासुन राजिथाले समान एक विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले एंगेलो म्याथुजको शतक मद्धतमा २ सय ६४ रनको मध्यम योगफल तयार पारेको थियो । म्याथुजले १ सय १३ र लाहिरु थिरिमानेले ५३ रन बनाए ।

त्यस्तै अष्ट्रेलियालाई १० रनले हराउँदै साउथ अफ्रिकाले पनि विश्वकपको सुखद बिदाई गरेको छ । ३ सय २६ रनको लक्ष्य पछ्याएको कंगारु टोली १ बल अगावै ३ सय १५ रनमा समेटिएपछि साउथ अफ्रिकाले तेस्रो जितसंगै विश्वकपको यात्रा टुंग्याएको हो । डेबिड बार्नरले १ सय २२ र एकलेक्स केरीले ८५ रन बनाएपनि टोलीको जितमा पर्याप्त बन्न सकेन् । साउथ अफ्रिकाका कासिगो राबाडाले ३ तथा एण्डिले पेल्लुख्वाओ र ड्वायन प्रिटोरियसले समान २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा उत्रिएको साउथ अफ्रिकाले ६ विकेट गुमाएर ३ सय २४ रनको उच्च योगफल तयार पारेको थियो । कप्तान फाफ डुप्लेसीसले १ सय रन बनाएको उसका लागि रासि भान डेर दुसेनले ९५ र क्विन्टन डि ककले ५३ रनको योगदान गरे । पहिलो सेमिफाइनलमा मंगलबार भारत र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुनेछ ।