जनता टाइम्स

२२ असार २०७६, आईतवार ०८:३०

मेस्सीले रेडकार्ड पाएको खेलमा अर्जेन्टिना विजयी


काठमाडौं, असार २२

चिलीलाई १४ बर्षपछि हराउँदै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलमा तेस्रो भएको छ । आज बिहान भएको तेस्रो स्थानको प्रतिस्पर्धामा २–१ को जित निकाल्दै अर्जेन्टिना तेस्रो भएको हो ।

उसको जितमा सर्जियो अगुईरो र पाउलो डेवालाले एक एक गोल गरे । चिलीका अर्तुरो भिडालले सान्त्वना गोल फर्काए । १२ औँ मिनेटमा अगुईरोको गोलबाट अग्रता बनाएको अर्जेन्टिनाका लागि डेवालाले २२ औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए । ५९ औँ मिनेटमा भिडालले गोल गर्दै चिलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । त्यसपछि कुनै गोल गर्न चिली हार भोग्न बाध्य भएको हो ।

तनावपुर्ण खेलको ३७ औँ मिनेटमा लियोनल मेसी र गेरी मेडेलबिच हात हालाहाल भएपछि दुबै खेलाडीलाई रातो कार्ड दिईएपछि दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए । ६१ प्रतिशत बल पोजिशनको खेलमा चिलीले केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो ।