काठमाडौं, फागुन १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायत समसामयिक राजनीतिक परिस्थितीको बारेमा आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।
प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालका अनुसार दिउसो १ बजे रोयल व्याँक्वेट तीनकुनेमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । ‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको छ,’ रिजालले भन्नुभयो ।
अध्यक्ष ओलीले हिजो प्रेस विज्ञप्तीमार्फत पार्टीका धारणा सार्वजनिक गर्ने तयारी थियो । त्यसलाई स्थगित गरेर आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । सत्तारुढ गठबन्धनले संसदमा एमालेको अवरोधका बीच एमसीसी पारित गरेको थियो । सभामुखको कारण संसदमा आफ्नो धारणा राख्न नपाएको एमालेले आज एमसीसीको बिषयमा प्रष्ट पार्न लागेको हो ।













प्रतिक्रिया दिनुहोस्