काठमाडौं, १८ फागुन । सोमबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सोमबार बानेश्वरको मुख्य सडकमा जनमानसमा त्रास उत्पन्न गराउने उद्धेश्यले प्रेसर कुकर राखेको आरोपमा काभ्रेका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार महतलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको हो ।
उनी अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको एसपी कोइरालाले जानकारी दिनुभयो । महतसँग मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।त्रास फैलाउनका लागि बम भन्दै सडकमा खालि कुकर राखिएको थियो । उनको साथबाट चन्दा उठाउन प्रयोग गरिने रशीद र छापहरु समेत वरामद गरिएको छ ।

पक्राउ व्यक्ति: १. नाम : सुवास महत उमेर : २१ बर्ष
ठेगाना : जिल्ला काभ्रे, भुम्लो गा.पा.वडा नं.०२ सिमथली हाल : का.जि.गौशाला, गौरिघाट
बरामद सामानहरूः-१. घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको यामाहा कम्पनीको FZ मोटर साईकल थान-१
२. Rapid समेत लेखिएको कालो निलो रंगको फुल हेल्मेट थान-१
३. घटनामा लगाएको Adidas लेखिएको दुवै बाहुलाको भागमा सेतो स्ट्राप भएको कालो रंगको ट्रयाक ज्याकेट थान-१
४. विभिन्न कम्पनीका मोवाईल थान-४













प्रतिक्रिया दिनुहोस्