काठमाडौँ , फागुन १९ । कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (बिहीवार)बिहान आगामी तीन दिनको मौसमी प्रणालीको पूर्वानुमान गर्दै आज पहाडी भू–भागमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको जनाएको छ।
यस्तो छ तीन दिनको मौसमी विवरण
२०७८ फागुन १९ गते (बिहिबार)
दिउँसो : सुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ फागुन २० गते (शुक्रबार)
दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।
२०७८ फागुन २१ गते (शनिबार)
दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।
राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।












प्रतिक्रिया दिनुहोस्