जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १७:२५

पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० को मृत्यु


पेशावर, २० फागुन । पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । आज नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

विस्फोटमा परी दर्जनौं घाइत भएका छन् ।

उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु अस्पताल तर्फ पठाइएको छ । स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।