काठमाडौं, २० फागुन । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिनुभएको छ । उहाँले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिनुभएको हो ।
यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहनुभएको थियो । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो । सम्बोधनमा पुटिलले दाबी गर्नुभयो,‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’
उहाँले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । उहाँले थप्नुभयो,‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्