जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार ०८:४७

म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो, आर्सनलसँग वाट्फोर्ड पराजित


काठमाडौं, फागुन २३ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको हो ।

सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २र२ गोल गरे । युनाइटेडका जाडोन सान्चोले एक गोल गरे । जितसँगै शीर्षस्थानको सिटीले २८ खेलमा ६९ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने ४७ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितपछि आर्सनलको ४८ अङ्क भएको छ । आर्सनल अङ्क तालिकाको चौथो स्थानमा छ भने वाट्फोर्ड १९ अङ्कसहित १९औँ स्थानमा छ ।