जनता टाइम्स

२२ असार २०७६, आईतवार १५:४१

कार्यालयको कुर्सीमै हाकिम मस्त निदाएपछि…


काठमाडौं, असार २२

सामाजिक सञ्जालमा हाल विभिन्न कुरा वा तस्विर, भिडियो, स्टाटस धेरै चर्चित (भाइरल) हुने ट्रेन बढिरहेको बेलामा एउटा तस्बिर एकदमै चर्चित भएको छ । तराईक्षेत्रमा अहिले चर्को गर्मी बढेसँगै दिउँसोको समयमा गर्मीले अत्यधिक सताउने गरेको छ । तर यस्तो चर्को गर्मीमा एक हाकिम कार्यालयको कुर्सीमा मस्त निदाएको भेटिएको थियो ।

जनताको सेवामा खटिने हाकिम कार्यालयमै निदाएपछि सेवाग्राहीलाई समस्या हुने गुनासो स्थानीले गरेका छन् । स्थानीय पत्रकार तेजन खड्काले दिउँसो सेवाग्राहीका रुपमा उर्लाबारी नगरपालिकाको कार्यालयमा पुग्दा हाकिमलाई मस्त निदाएको अवस्थामा भेट्टाउनुभएको हो ।

उर्लाबारी नगरपालिकास्थित पशुपंक्षी शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको अवस्थामा भेटिएका हुन् ।आइतवार दिउँसो साढे २ बजे खड्कासहितको सञ्चारकर्मीको टोली पुग्दा निदाइरहेका थिए तर सञ्चारकर्मीले उठाउने प्रयास गर्दा (बोलाउँदा) पनि नउठेका उनको त्यहि समयमा तस्विर कैद गरेका थिए । आफू थाहै नपाइ निदाएको व्यूँझिएपछि यादवले बताए ।