जनता टाइम्स

२२ असार २०७६, आईतवार १६:१३

गगन थापालाई निरु पालको काउन्टर : सरकारको खुट्टामा होइन, बिपक्षीको दृष्टिकोणमा भ्वाङ पर्यो


काठमाडौं, असार २२

संघीय संसदको महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले कांग्रेस नेता गगन थापालाई कडा काउन्टर दिनुभएको छ । संघीय संसदको बैठमा बोल्दै नेतृ पालले प्रधानमन्त्री केप शर्मा ओली नेतृत्वको बर्तमान सरकारको खुट्टामा भ्वाङ परेको नभई सरकारलाई हेर्ने विपक्षी दलको दृष्टिकोणमा चाँही भ्वाङ परेको भन्दै गगन थापालाई काउन्टर दिनुभएको हो ।

आज संसदको विशेष समयमा बोल्दै नेतृ पालले सरकारले देश र जनताको हितमा काम गरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा अझ बढी विस्वशनीय तथा प्रभावकारी ढंगले जनमूखी काम गर्दै जाने ठोकुवा गर्नुभयो । उहाँले तरकारी तथा फलफूलमा विषादी परिक्षण गर्न सरकारले केही समय रोकी व्यवस्थित तवरले अघि बढ्ने योजना बनाएको भन्दै धन्यवाद दिनुभयो ।

सरकारले भारतबाट आउने गरेको तरकारी तथा फलफुल ९० प्रतिशतभन्दा बढीमा विषादीयुक्त आउने गरेको तथ्य पत्ता लगाएको र परीक्षण गर्ने प्रविधिको अभावका कारण केही समयलाई सिमा नाकामा परिक्षण गर्ने कार्य रोकेको बताउँदै भारतबाट आउने मात्र नभई नेपालमा नै उत्पादन हुने विषाधिजन्य तरकारी तथा फलफुल परिक्षण गर्नुपर्नेमा पालले जोड दिनुभयो ।

‘भारतबाट आउने फलफूल तरकारी हिजो पनि आउँथ्यो, आज मात्र आएको हैन, विगतको सरकारको पालामा पनि आउँथे । बरु यो सरकारले विषदी हुन्छ भन्ने कुरा पत्ता लगायो । पर्याप्त जाँच गर्ने साधन नभएकाले जाँच रोकिएको भन्ने बुझेको छु । छिटो जाँच गर्ने व्यवस्था गरेर मात्र यस्ता बस्तु भित्र्याइयोस’ नेतृ पालले भन्नुभयो, ‘यो सररकार कसैले खुट्टामा भ्वाङ पर्यो भन्दैमा लड्खडाउने सरकार हैन, भारतबाट आउने तरकारी र फलफूलमा विषदी रहेको कुरा यही सरकारले पत्ता लगाइएको हो । स्वदेशमा पनि विषदीयुक्त उत्पादन भएका रहेछन् भने रोक लगाईयोस ।’

विषादीयुक्त सागपात तथा फलफुल नखान आग्रह गर्दै उहाँले भन्नुभयो, ‘बरु दालभात वा दुध भात मात्र खाऔं र स्वस्थ्य जीवन विताऔं ।’

आजको बैठकमा सून्य समयमा बोल्दै कांग्रेस नेता थापाले सरकारको घुँडामा भ्वाङ परेको बताउनु भएको थियो । थापाको सो भनाईलाई युवा नेतृ पालले आजकै बैठकमा बिशेष समय लिएर बोल्दै काउन्टर दिनुभएको हो ।