जनता टाइम्स

२४ फाल्गुन २०७८, मंगलवार १५:१२

नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने


काठमाडौं, २३ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो । नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ ।

यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ ।

खेल २७ मार्चमा हुनेछ । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।