जनता टाइम्स

२२ असार २०७६, आईतवार १८:२२

राखेपको सदस्यसचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी


काठमाडौं, असार २२

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा धादिङका रमेश सिलवाललाई नियुक्तको तयारी गरेको छ । सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले यसको निर्णय गर्ने बताइएको छ ।

केशवकुमार विष्टको कार्यकाल नौ असारबाट सकिएपछि सरकारले नयाँ सदस्य सचिवका रुपमा सिलवाललाई नियुक्तको तयारी गरेको हो । सिलवाल गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुनुहन्छ । उहा विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक समेत हुनुहुन्थ्यो । सिलवाल मदन भण्डारी स्पोटर्स एकेडेमीका पूर्वअध्यक्ष पनि हुनुहन्छ ।