जनता टाइम्स

२३ असार २०७६, सोमबार १०:१४

फिफा महिला विश्वकप जितेपछि अमेरिकी खेलाडीको खुशी


काठमाडौं, असार २३

फिफा महिला विश्वकपको उपाधि अमेरिकाले जितेको छ । फाइनलमा नेदरल्याण्ड्सलाई २–० गोल अन्तरले हराउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

अमेरिकाको समग्रमा यो चौथो उपाधि हो । यसअघि सन् २०१५ मा भएको संस्करणमा अमेरिकाले जापानलाई हराउँदै उपाधि जितेको थियो । सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो । त्यसपछि अमेरिकाले १९९९ संस्करणको उपाधि जितेको थियो ।