किभ, ७ फागुन । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन स् दोहोर्याउनुभएको छ । । रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उहाँले चेतावनी दिनुभयो ।
‘म पुटिनसँग वार्ताका लागि तयार छु । म दुई वर्षयता त्यसका लागि तयार नै थिएँ । मलाई लाग्छ, हामीले वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं,’ सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले भन्नुभयो, ‘सहमतिका लागि हामीले कुनै पनि ढाँचा अवलम्बन गर्न सक्छौं । यदि, यो असफल भए तेस्रो विश्वयुद्ध हुनेछ ।’
जेलेन्स्कीले युद्धको अन्त्य तथा युक्रेनको सुरक्षा सार्वभौमिकताको प्रत्याभूतिका लागि वार्ता मुख्य प्राथमिकता भएको बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्