जनता टाइम्स

७ चैत्र २०७८, सोमबार १८:५४

एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोली घोषणा


काठमाडौं, ७ चैत । एएफसी एसियन कप छनोट फुटसलका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले आज १४ सदस्सीय टोलीको घोषणा गर्नुभएको हो ।

किर्गिस्तानमा हुने छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा छ । छनोट प्रतियोगिता अप्रिल १ देखि १५ सम्म हुनेछ । प्रतियोगिता अन्तर्गत नेपाल रहेको समूह ‘बी’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपाली टोलीहरू

गोलकिपर : अनिश श्रेष्ठ, विश्वास पौडेल
फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
आला : आदिल हमिद, कृजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
पिभोट : हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ