जनता टाइम्स

२३ असार २०७६, सोमबार १९:१८

चारै राजदुतको नाम सर्वसम्मत अनुमोदन


काठमाडौं, असार २३ । संसदीय सुनुवाइ समितिले प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको छ।

समितिको आज बसेको बैठकले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, बंगलादेशका लागि प्रस्तावित डा वंशिधर मिश्र, कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाज र स्पेनका लागि प्रस्तावित दावा फुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । सरकारले केही समयअघि चार मुलुकका लागि नेपाली राजदुत नियुक्त गर्ने निर्णय गरेको थियो ।

समितिबाट अनुमोदित भएसँगै बंगलादेशका लागि डा बंशीधर मिश्र, अस्ट्रेलियका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नारदनाथ भारद्वाज राजूदत हुने पक्कापक्की भएको छ । समितिमा सुनुवाईको क्रममा बंगलादेशका लागि प्रस्तवित राजदूत मिश्रले ब‌ंगलादेशसँगको विद्युत तथा उर्जा कनेक्टिभिटीलाई प्राथमिकता दिने बताउँदै आफ्ना योजनाहरु सुनाउनु भएको थियो । समितिका ९ जना सदस्यहरुले सुनुवाईका क्रममा मिश्रलाई प्रश्न गर्नुभएको थियो ।
समितिमा राजदूत सिफारिस प्रक्रिया समावेशी नभएको भन्दै उजूरी परेको थियो भने अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालको विरुद्ध पनि उजूरी परेको थियो । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालले श्रीमतीसँग अमेरिकाको ग्रीन कार्ड रहेको आरोपको खण्डन गर्दै वर्कपर्मिट मात्रै रहेको र त्यो पनि सेप्टेम्बरमा सकिने बताउनभयो ।