जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार ०७:४३

आज उदयपुर आउँदै अध्यक्ष ओली, यस्ता छन दुई मुख्य कार्यक्रम


उदयपुर, चैत ११ । मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर आउँदै हुनुहुन्छ ।

त्रियुगाा नपा १० मा स्थपना भएको आँखा अस्पतालको दिउसो १२.३० अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो । अस्पताल ३० बेडको छ ।

उदयपुरमै आज एमालेले बृहत्त जनसभाको पनि आयोजना गरेको छ । सो जनसभामा अधयक्ष ओलीले विभिन्न पार्टी त्यागेका कम्तीमा १ हजार ५ सय जना भन्दा बढी कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।