जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०८:१८

नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया जादै


काठमाडौं, असार २४

नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियासँग २ म्याचको टी–२० सिरिज खेल्न आज क्वालालाम्पुर जाँदैछ । शनिबार र आइतबार हुने सिरिजका लागि पारस खड्का नेतृत्वको नेपाली टोली दिउँसो मलेसिया जान लागेको हो ।

टोलीमा रहेका रोहित कुमार पौडेल र पवन सर्राफ एसीसी अण्डर १९ ईर्ष्टन रिजन क्रिकेट प्रतियोगिता खेल्न मलेसियामै रहेकाले उनीहरु त्यहीबाट टोलीमा सहभागी हुनेछन् । झण्डै १० दिनको भ्रमणपछि नेपाली टोली जुलाई २० मा उतैबाट ट्वान्टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न सिंगापुर जानेछ । टी–२० विश्वकपको एसियाली छनोट जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुँदैछ ।

प्रतियोगितामा नेपाल, सिंगापुर, मलेसिया, कतार र कुबेतले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।