सुमित्रा कोईराला/उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरपुरमा आइतवार आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ भने आगलागीबाट एकजनाको ज्यान गएको छ ।
आइतवार दिउँसो अन्दाजि ३ बजेको समयमा भएको आगलागीमा परी ६८ वर्षिय शिवमाया मगरको घटनास्थलमै मृत्यू भएको उदयपुरगढी गाउँपालिका वडा वडा नम्ववर १ का वडाध्यक्ष खेत बहादुर मगरले जानकारी दिनुभयो ।
स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी सुरु भएको र आगलागीमा परी ओमबहादुरको आमा शिवमायाको ज्यान गएको अध्यक्ष मगरले बताउनुभयो । मगरका अनुसार आँखा नदेख्ने ,कान पनि नसुन्ने शिवमायाको घरभित्रै जलेर मृत्यू गएको हो ।
आगलागीमा परी भैरबबहादुर ग्राङ्जामगर , पदमबहादुर ग्राङ्जामगर,यम्बरबहादुर ग्राङ्जामगर,दिपबहादुर ग्राङ्जामगर , धनमाया ग्राङ्जामगर ,शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पू्र्ण रूपमा जलेर नष्ट भएको छ ।
आगलागीमा परी प्रत्येक घरको दर्जनबढी बोका , बाख्रा, सुंगुर , कुखुरा अन्नपात, लताकपडा लगायतका दैनिक उपभोगका सामाग्री जलेर नष्ट भएको छ । निरन्तरको प्रयासपछी छिमेकीका घरहरु बचाउन सकिएपनि ७ घर पूर्ण रुपमा क्षति भएको अध्यक्ष मगरले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्