जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार ०९:१२

एमाले एक्लै चुनावमा जान्छ : अध्यक्ष शर्मा


दैलेख, चैत १४ । । नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमाले एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । एमाले नौमूले गाउँकमिटिको बैठकमा बोल्दै अध्यक्ष शर्माले एमाले जनताका लागि काम गर्ने पार्टी भएकाले जनतामा एक्लै जान नडराउँने बताउनुभएको हो ।

उहाँले समाजवादि पार्टी नभई एक अवैध समु्ह रहेकाले कोही पार्टी बाट चोइटीएर जाँदैमा एमाले कम्जोर नभएको र जनताका लागि राम्रा काम गर्ने एमाले भएकाले स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई देशको पहीलो पार्टी बनाउने दावी गर्नुभयो । गाउँकमीटी बैठकले आगामी बैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको एमाले जिल्ला कमिटि सदस्य याम शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमाले नौमूलेले यही चैत १९ गतेसम्म सबै वडामा उम्मेदवारको छनोट गरिसक्ने निर्णय गरेको छ । बैठकले निर्बाचनलाई ससक्त बनाउनकालागि नेकपा एमाले नौमूले गाउँ पालिका अध्यक्ष ससिराम बिकको सयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिती गठन गर्ने निर्णय भएको छ ।