जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०९:२९

टस गर्न फालेको सिक्कामा हेड र टेल नै नआएपछि


काठमाडौं, असार २४

क्रिकेटमा कहिलेकाही निक्कै चाखलाग्दा र आश्चर्यजनक घटनाहरु घट्ने गर्दछन् । यस्तै एक आश्चर्यजनक घटना भएको छ नेपाल र हङकङको खेलमा । एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को फाइनल खेलमा यी दुई टोली भिडेका छन् ।

फाइनल खेलको टसका क्रममा मलेसियास्थित किनरारा ओभलमा अनौठो दृश्य देखियो । टसका लागि नेपालका कप्तान रोहितकुमार पौडेल र हङकङका कप्तान आदित गोरावारा पिचनिर पुगे । टस गर्ने क्रममा नेपालका कप्तान रोहितले सिक्का फाले । तर सिक्कामा न टेल आयो न हेड आयो । सिक्का मैदानमा सिधा भएर गाडियो । टसका लागि उपस्थित सबै आश्चर्यचकित भए । टसका लागि फेरी कप्तान रोहितले सिक्का फाले र यसपटक भने नेपालले टस जित्यो ।