काठमाडौं, चैत १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा सबै पालिकाका अध्यक्षहरुसँग अन्तरक्रिया गर्दैहुनुहुन्छ ।
दिउसो १ बजे देखि करिब ३ घण्टा स्थानीय निर्वाचनको पालिकास्तरको तयारी, घोषणा पत्रमा समेट्नु पर्ने विषयवस्तु आदिका बारेमा पालिका अध्यक्षहरुको सुझाव पनि अध्यक्ष ओलीले सुन्ने समय तय गरिएको छ ।
आजको भर्चुअल बैठकमा स्थायी कमिटीका सदस्यहरु, घोषणा पत्र तयारी समितिका सदस्यहरु,पार्टीक जिल्ला अध्यक्ष र प्रदेश कमिटीका पदाधिकारी समेत सहभागी हुने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
भर्चुअल बैठकमा समितिले तयार गरेको घोषणा पत्रको अवधारणा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र पुनर्निमार्ण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशिल ज्ञवालीले प्रस्तुत गर्नुहुने छ ।













प्रतिक्रिया दिनुहोस्