जनता टाइम्स

२४ असार २०७६, मंगलवार ११:००

हङकङले दियो नेपालसामु ९६ रनको विजयी लक्ष्य


काठमाडौं, एसीसी यू–१९

इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङले नेपालका लागि ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपाली स्पिनरसामु निरिह रहेको हङकङ ९५ रनमा अलआउट भएको हो ।

मलेसियाको क्वालालम्पुरको किनरारा मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हङकङको युवा टोलीले ४३.१ ओभरमा अलआउट भई ९५ रन बनाएको हो । नेपालका सागर ढकाले एक्लैले हङकङको ५ विकेट लिएका छन् ।

१० ओभर बलिङ गरेका उनले ५ मेडनसहित १८ रन खर्चिएर ५ किवेट लिएका हुन् । यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।