जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १३:३३

जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने


किभ, १६ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भोली अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने हुनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसदलाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानकारी दिनुभएको छ । मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिकार गरेको बताउनुभएको छ ।

‘युक्रेनले रसियाको अप्रत्याशित युद्धको सामना गर्दै उल्लेखनीय साहस र लचिलोपन देखाएको छ’, उहाँले भन्नुभयो ।

अस्ट्रेलियाले युक्रेनलाई ६५ लाख बराबरको आपतकालीन मानिवीय सहायत प्रदान गरेको छ । युक्रेनलाई सैन्य सहायता तत्काल आवश्यकता रहेको भन्दै अस्ट्रेलियाले ९१ लाख बराबरको रक्षा उपकरण दिनेसमेत अस्ट्रेलियाले बाचा गरेको छ । जेलेन्स्कीले संयुक्त राष्ट्र, अमेरिकी कंग्रेसदेखि जापानको संसदलाई सम्बोधन गर्दै आउनुभएको छ ।