जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार १७:०६

वालिङविरुद्ध सावित्राको ह्याट्रिक


काठमाडौं, १७ चैत । सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बिहीबार राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकालाई ७–० अन्तरले पराजित गरेको छ । चितवनको सारदानगरमा भएको खेलमा एपीएफलाई जिताउन सावित्राले ह्याट्रिक सहित चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बू र अनिता बस्नेतले समान एक÷एक गोल गरे । एपीएफकी अनिता केसीले २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् ।

४०औं मिनेटमा सरु लिम्बुले टोलीलाई २–० को स्थितीमा पुर्‍याइन् । खेलको ५२औं र ६६औं मिनेटमा साम्बाले गोल गर्दै एपीएफलाई ४–० को अग्रता दिलाइन् । खेलको ७४औं मिनेटमा अनिता बस्नेतले गोल गर्दा आर्मीले ५–० ले अघि बढ्यो । सावित्राले ८०औं ह्याट्रिक पुरा गरिन् भने ८१औं मिनेटमा व्यक्तिगत चौथो तथा टोलीको लागि सातौँ गोल गरिन् । लामो समयपछि खेलमा पुनरागमन गरेकी सावित्राले यस सिजनको महिला लिगमा पहिलो ह्याट्रिक गरेकी हुन् ।

गत संस्करणमा नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा घुँडामा चोट लागेपछि उनी उपचार र आराममा व्यस्त थिइन् । सावित्राले गत संस्करणमा सात ह्याट्रिकसहित ३८ गोल गरेकी थिइन् । यो जितसँगै तीन खेलमा शतप्रतिशत नतिजा निकालेको एपीएफले नौ अंक बनाएको छ र शीर्षस्थानमा छ । समान खेल खेलेको वालिङ अंकविहीन छ । जारी दोस्रो खेलमा ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।