हेटौंडा, १८ चैत । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २० चैतका लागि तय भएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । २०–३० का लागि तय भएको प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिएका कारण देखाउँदै पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्