काठमाडौं, १९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रगति र विकासको यात्रामा भारतको सदा सहयोग रहने बताएका छन् ।
‘नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग हुनेछ’, तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो ।
प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध विश्वमै अद्धितीय रहेको बताउनुभयो । नेपाल र भारतबीचको सम्बन्ध सदियौँ कालदेखि रहेको पनिउ उहाँले सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्