जनता टाइम्स

२४ असार २०७६, मंगलवार १७:४९

डा गोबिन्द केसीको त्रिबि शिक्षण अस्पतालमा युवा नेता रमेश पौडेलले जे देखे


काठमाडौं, असार २४

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले डा गोबिन्द केसीको दवदवामा रहेको त्रिवि शिक्षण अस्पताललाई १७ वुँदे सुझाव दिनुभएको छ ।

श्रीमती र छोराको उपचारको क्रममा लामो समय त्रिबि शिक्षण अस्प्तालमा बिताउनु परेको बेला देखिएको कमजोरीलाई सुधार गर्न पौडेलले त्रिबि प्रशासनलाई सो सुझाव दिनुभएको हो । पौडेलले डिन कार्यालयका प्रशासन प्रमुख बैकुण्ठ थपलियालाई आज सुझाव पत्र बुझाउनु भएको हो । उहाँ पत्नी र छोराको उपचारपछि आजै घर फर्कनुभएको छ ।

पौडेलले ट्वाइलेट सुधारदेखि चिकित्सक, नर्सको ब्यवहारसम्मलाई सुधार गर्न सुझाव दिनुभएको छ ।

यस्तो छ सुझाव