जनता टाइम्स

२१ चैत्र २०७८, सोमबार १२:२८

क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए


काठमाडौं, २१ चैत । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो । नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।