जनता टाइम्स

२४ असार २०७६, मंगलवार २०:२८

इटहरीका मेयरले भत्काए आफ्नै घर


इटहरी, असार २४

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काउनुभएको छ । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उहाँको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफै उपस्थित भएर पर्खाल भत्काउन लगाउनुभएको हो ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाउनुभएको थियो । उहाँले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लाग्नुभएको हो ।