काठमाडौं, चैत्र २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै हुनुहुन्छ । ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदै हुनुहुन्छ ।
त्यहाँ उहाँले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नुहुनेछ । त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेका छ ।
आजै नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापा एमालेमै प्रवेश गर्दै हुनुहुन्छ । उहाँसहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सयजनाको पार्टी प्रवेश कार्यक्रम तय गरिएको एमाले जिल्ला सचिव रत्न खत्रीले जानकारी दिनुभयो । ‘एसका उपसचिवको नेतृत्वमा पाँच सयभन्दा बढी नेकपा एसका कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ’, सचिव खत्रीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्